प्रधानमन्त्री प्रचण्डलाई भेट्न नेकपा एसका शीर्ष नेता बालुवाटारमा

Madhav-nepal-and-prachanda-11 (1)
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल बालुवाटार पुगेका छन्।

अध्यक्ष नेपालसहित नेकपा एसका सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल र नेता प्रकाश ज्वाला प्रचण्डलाई भेट्न बालुवाटार पुगेका हुन्।

भेटमा मन्त्रिमण्डल विस्तार र एकीकृत समाजवादी पार्टीले पाउने मन्त्रालयबारे छलफल भएको बताइएको छ।प्रधानमन्त्रीले नेकपा एसलाई २ मन्त्रालय दिने गरी प्रस्ताव तयार गरेका छन्। तर उनीहरूको दाबी ३ वटा मन्त्रालयमा रहँदै आएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्