विराटनगरमा प्रहरी र प्रदर्शनकारीबीच झडप

Biratnagar_Pradarshan
लोकपाटी न्यूज
12 Shares

काठमाडौं। विराटनगरमा कोसी नामकरणको विरोधमा प्रदर्शन गरिरहेका आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ। पहिचान पक्षधर विभिन्न संघसंस्थाको संयुक्त समितिको प्रदर्शन नियन्त्रणका लागि प्रहरीले अश्रुग्याँस र लाठीचार्ज गरेको छ।

कोसी प्रदेशको संसद् सचिवालयले आयोजना गरेको तालिममा सहभागी सांसदलाई घेराउ गर्न पुगेका प्रदर्शनकारीलाई बाक्लो संख्यामा उपस्थित प्रहरीले रोकेर राखेका छन्। रोक्ने क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो। प्रदर्शनकारीले पनि प्रहरीतर्फ ढुंगा हानेका छन्।

साथै प्रदर्शनकारीले मोरङको उर्लाबारी नगरपालिकामा तालाबन्दी गरेका छन्। पहिचानवादीले कोसी नामकरणको विरोधमा दोस्रो चरणको आन्दोलन गर्दै आएका छन्। आन्दोलनकै क्रममा प्रहरीको कुटाइबाट घाइते भएका पदम लिम्बूको उपचारको क्रममा निधन भएको छ। उनको निधनपछि प्रदर्शनकारी थप आक्रामक बनेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्