एसीसी प्रिमियर कप : नेपाल फाइनलमा

Nepal_Cricket
लोकपाटी न्यूज
4 Shares

काठमाडौं। नेपालले एसीसी प्रिमियर कपको फाइनलमा पुगेको छ। शनिबार कुवेतसँगको सेमिफाइनल खेल वर्षाले पूरा हुन नपाए पनि नेपाल समूह विजेताको रुपमा नेपाल फाइनलमा पुगेको हो।

जितको लागि २ सय ८१ रनको विशाल विजयी लक्ष्य पछ्याएको कुवेतले ८ दशमलव ३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाउँदा वर्षाको कारण खेल रोकिएको थियो। नतिजा आउन कुवेतले कम्तीमा २० ओभर ब्याटिङ गर्न पर्थ्यो। तर त्यसपछि भारी वर्षा हुँदा सुपर ओभर पनि हुन सकेन।

थप खेल नभएपछि रद्द हुन पुग्यो र नेपाल समूह विजेताको आधारमा फाइनलमा पुगेको छ। समूह ‘ए’ मा नेपालले ३ खेल जित्दै ७ अंक बटुलेको थियो। कुवेतले समूह ‘बी’ मा ४ मध्येको ३ खेल जित्दै ६ अंक बटुली उपविजेता बनेको थियो।

त्यस्तै अर्को सेमिफाइनल खेलमा पनि वर्षाले अवरोध पुर्‍याएपछि डकवर्थ लुइस प्रणालीमा अगाडि रहँदै युएई फाइनलमा पुगेको हो। डकवर्थ लुइसमा युएईले ओमानलाई २ रनले हराएको हो। एसीसी प्रिमियर कपको फाइनल सोमबार हुनेछ। फाइनलमा युएईलाई हराएमा नेपाल एसिया कपका लागि छनोट हुनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्