चलचित्रक्षेत्रलाई राज्यले सघाउनु पर्छ : भीम रावल

Bhim_Rawal
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। नेकपा (एमाले)का नेता भीम रावलले मनोरञ्जन जनताको अधिकार रहेको बताएका छन्। मङ्गलबार काठमाडौंमा चलचित्र ‘काँडेतार’ निर्माण समूहद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले नरम शक्तिका रुपमा चलचित्र, साहित्य र कलालगायत रहेको बताए।

“चलचित्र सफ्ट पावरको महत्वपूर्ण अङ्ग हो। अन्य देशमा चलचित्रको माध्यमबाट धारणा निर्माण हुने गरेको छ। हामी कहाँ चलचित्र प्रदर्शनमै सास्ती भोगेको सुनिन्छ। यस्तो हुनु सफ्ट पावरलाई समाप्त पार्नु हो”, नेता रावलले भने, “साहित्य, चलचित्रले देशको जिम्मेवार व्यक्तिलाई सजग गराउने हो । यस्ता चलचित्रलाई राज्यले सघाउनु पर्छ।”रासस

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्