मेक्सिकोमा सवारी दुर्घटना, २६ जनाको मृत्यु

accident_
लोकपाटी न्यूज
5 Shares

एजेन्सी। मेक्सिकोमा सवारी दुर्घटना हुँदा २६ जनाको मृत्यु भएको छ। उत्तरी राज्य तमौलिपासस्थित ज्वलंत राजमार्गमा आइतबार एक यात्रुवाहक भ्यान र मालवाहक ट्रक ठोक्किँदा २६ जनाको मृत्यु भएको हो।

ट्रक र भ्यान ठोक्किँदा आगो लागेर २६ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्। मालबहाक ट्रेलरलाई तान्ने अगाडिको भाग भने दुर्घटनास्थलमा भेटिएको छैन।

चालकले ट्रेलरबाट छुटाएर भागेको हुन सक्ने प्रहरीको अनुमान छ। उक्त राज्यको राजधानी सियुदाद भिक्टोरिया नजिकको राजमार्गमा दुर्घटना भएको हो। भ्यानमा परिवारका सदस्यहरू घुमघामका लागि निस्किएका थिए। दुर्घटनाबारे अनुसन्धान भइरहेको मेक्सिका प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्