भीरबाट लडेर १० वर्षीए बालिकाको मृत्यु

death
सांकेतिक तस्वीर
लोकपाटी न्यूज
5 Shares

राजेन्द्र विक/ बाजुरा, १० जेठ। बाजुरामा भीरबाट लडेर एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा बड मालिका नगरपालिका वडा नम्बर–८ पुजारी टोलका हिक्मत रावल र कमला रावलकी १० वर्षीय छोरी ललिता रावल रहेकी छन्।

मंगलबार सदरमुकाम मार्तडी नजिकैको झाल्या लेकबाट घर हिंडेकी ललिता भिरबाट लडेर घटनास्थलमै मृत भेटिएकी मृतका शिक्षक बलवान् अयडिले जानकारी दिए। बाल मन्दिर आधारभूत विद्यालय कक्षा ४ मा अध्ययनरत छात्रा ललिता आमासँग गाई वस्तु हेर्न लेक गएकी थिइन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्