शहीद स्मारक ‘ए’ डिभिजन लिग : दुई खेल हुँदै आज

लोकपाटी न्यूज
5 Shares

काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज जावलाखेल युथ क्लब र त्रिभुवन आर्मी क्लब तथा एपीएफ क्लब र चर्च ब्वाइज युनाईटेडबीच प्रतिस्पर्धा हुँदैछ। दशरथ रङ्गशालामा दिउँसो ३ बजे हुने पहिलो खेलमा जावलाखेल र आर्मी भिड्ने छन्।

जारी लिगमा जावलाखेल २२ खेलबाट ३४ अङ्कका साथ तेस्रो स्थानमा छ भने ३० अङ्क भएको आर्मी पाँचौँ स्थानमा छ। यस्तै, चर्च ब्वाइज युनाइटेड र एपीएफबीचको खेल साँझ ६ बजे दशरथ रङ्गशालामा नै हुनेछ। २२ खेल खेलिसक्दा चर्च ब्वाइज ३८ अङ्कसहित शीर्ष स्थानमा रहेको छ। यस्तै एपीएफ २९ अङ्कका साथ तालिकाको छैटौँ स्थानमा छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्