मलेसियाविरूद्धको पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालको दोस्रो जित

nepal-malesiya
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। मलेसियाविरूद्धको पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालले लगातार दोस्रो खेलमा जित हात पारेको छ। आज बिहीबार भएको सिरिजको तेस्रो खेलमा नेपालले घरेलु टिम मलेसियलाई २७ रनले हराएको हो।

मलेसियाको बांगीस्थित युएसडी युकेएम ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५ विकेटको क्षतिमा ११० रन जोड्यो। नेपालका लागि कप्तान रुबिना क्षेत्रीले सबैभन्दा बढी २७ रन जोडिन्। ज्योती पाण्डेले २३, सीता रानामगरले २१ र इन्दू बर्माले २० रन जोडिन्। बलिङमा मलेसियाकी निक नुरले २ विकेट लिइन्।

१११ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ४ विकेटको क्षतिमा ८३ रन मात्र जोड्न सक्यो । मलेसियाको लागि महिरा इस्माइलले नटआउट ४४ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन।

बलिङमा नेपालका लागि कविता कुँवर, सीता रानामगर र इन्दू बर्माले १–१ विकेट लिए। यसअघि नेपाल पहिलो खेलमा ५ विकेटले पराजित भएपनि दोस्रो खेलमा ७ विकेटको जित निकालेको थियो। आजको जितसँगै नेपालले सिरिजमा २–१ को अग्रता लिएको छ। सिरिजको चौथो खेल शनिबार तथा अन्तिम खेलमा आइतबार हुनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्