एमाले सचिवालय बैठक जारी

uml-sachiwalaya pic
लोकपाटी न्यूज
6 Shares

काठमाडौं। नेकपा एमालेको सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा बसिरहेको छ।

बैठकमा समसामयिक राजनीतिक अवस्था र पार्टीको आन्तरिक जीवनबारे छलफल भइरहेको बताइएको छ। आजको बैठकमा केन्द्रीय सदस्यहरूको कार्य विभाजनका बारेमा पनि छलफल हुने बुझिएको छ।

त्यस्तै प्रधानमन्त्रीको भारत भ्रमण, बजेटबारे समीक्षा, संसदीय समिति, पार्टी गतिविधि र संसद्‍मा भूमिकाबारेमा समेत चर्चा हुने बताइएको छ। यसअघि गत वैशाख २८ देखि ३० गतेसम्म एमालेको केन्द्रीय समितिको बैठक बसेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्