एन पी घायलको (गजल)

लोकपाटी न्यूज

दिउँसो हुलै बाँदर दौडिन्छ राती सार दौडिन्छ !
खेती गरेर के गर्नु खेतमा मनमा मार दौडिन्छ ।।

नून बोकेर खच्चड सम्म आउँदैन दुर गाउँमा!
सुन बोकेर राजधानीमा चिल्लो कार दौडिन्छ।।

बिहेको दिन हो सिंदुर चुरा पोते देखेको उस्को!
मुग्लानी पोइको उता अन्तै औंठी हार दौडिन्छ।।

जो अहिले यी आँखा अगाडि हिंड्न सक्दैनन्।
खै किन उनैको याद मुटुमा बारम्बार दौडिन्छ।।

यी प्रहरी गस्तीमा अनेक डिउटी गर्दछन यहाँ!
एउटा गर्छ बदमासी अर्को कारागार दौडिन्छ।।

घायल भएर जिन्दगी सक्यो नसोच्नु तिम्लेनी!
दिलमा तिम्रै झल्को अझै तिम्रै प्यार दौडिन्छ।।

 

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्