एसिया कप क्रिकेट : भारत र पाकिस्तानबिचको बाँकी खेल आज

india-pakisthan
india-pakisthan
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। एसिया कप क्रिकेटमा भारत र पाकिस्तानको आइतबारकाको खेल वर्षाले अवरुद्ध भएपछि बाँकी खेल आज सोमबार हुने भएको छ।श्रीलंकाको कोलम्बोमा आइतबार खेल चलिरहँदा वर्षा भएपछि खेल रोकिएको थियो। खेलमा टस हारेर पहिले व्याटिङ गरेको भारतले २४ ओभर १ बलमा दुई विकेट गुमाएर १ सय ४७ रन बनाएको अवस्थामा खेल रोकिएको हो।

सोमबार सोही अवस्थाबाट बाँकी खेल खेलाइने आयोजकले बताएका छन्। भारत र पाकिस्तानबिचको यो खेल सुपर फोर चरणको खेल हो। यसअघि समुह चरणमा पनि यी दुई टोलीको खेल वर्षाले अवरुद्ध हुँदा अंक बाँडिएको थियो।

एसिया कपको सुपर फोरमा भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश भिडिरहेका छन्। अहिलेसम्म सुपर फोरमा पाकिस्तान र श्रीलंकाले २–२ अंक जोडेका छन्भने बंगलादेश र भारतले अंक जोड्न सकेका छैनन्। बंगलादेश दुबै खेलमा पराजित भएको छ भने भारतले सुपर फोरको पहिलो खेल पाकिस्तानसँग खेलिरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्