रौतहट। पूर्वमन्त्री तथा आम जनता पार्टीका अध्यक्ष प्रभु साहविरुद्ध गाली बेइज्जतीको मुद्दा दर्ता भएको छ। जिल्ला अदालत, गौरमा समाजवादी युवा संघ रौतहटका इन्चार्ज सन्जीव कुमार यादवले साहविरुद्ध गाली बेइज्जती मुद्दा दर्ता गरेका हुन्।
उनले दर्ता गरेको मुद्दामा साहसहित सोही पार्टीका नेताहरू उपेन्द्र साह, अमर साह, चन्देस्वर साह र चन्द्रभुसन साहलाइ विपक्षी बनाएका छन्।सांसद साहको निर्देशनमा आफूलाई घेरा हाली हातपात गर्नुका साथै गाली बेइज्जत गरी मानमर्यादा र प्रतिष्ठामा आँच आउने काम गरेको उनको अभियोगमा उल्लेख गरिएको छ।