राजकीय सम्मानसहित सुवास नेम्वाङको अन्त्येष्टि गरिंदै

subash-nembang_
लोकपाटी न्यूज
6 Shares

काठमाडौं। तत्कालिन संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुबासचन्द्र नेम्वाङको बिहीबार पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिदैछ।

गत सोमबार राति हृदयघातबाट निधन भएका नेम्वाङको बिहीबार अन्त्यष्टि गर्न लागिएको हो। विदेशमा रहेका छोराहरु फर्किन समय लाग्दा नेम्वाङको अन्त्यष्टि गर्न ढिलाई भएको हो।

एमालेको केन्द्रीय प्रचार एवं प्रकाशन विभागका सचिव गगन विष्टका अनुसार आज ११ बजे पशुपति आर्यघाटमा नेम्वाङको अन्त्येष्टि गरिनेछ। नेम्वाङको मुन्धुम र हिन्दू परम्पराअनुसार अन्त्येष्टि गर्ने तय भएको छ। सरकारले बिहीबार देशभर सार्वजनिक बिदा दिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्