प्रधानमन्त्री प्रचण्डले ओढाए नेम्वाङको पार्थिव शरीरमा राष्ट्रिय झण्डा

संविधानसभा अध्यक्ष नेम्वाङको अन्त्येष्टि
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएका छन्। पशुपति आर्यघाटमा बिहीबार प्रधानमन्त्री प्रचण्डले अन्तिम श्रद्धाञ्जली दिँदै राष्ट्रिय झण्डा ओढाएका हुन्।

त्यसअघि, एमाले अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाएका थिए । पशुपति आर्यघाट पुगेर सभामुख देवराज घिमिरे, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पनि नेम्वाङको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गरे। यस्तै, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनलगायत विभिन्न पार्टीका नेता-कार्यकर्ता र विशिष्ट व्यक्तिले अन्तिम श्रद्धाञ्जली अर्पण गरे।

यस्तै नेपाली सेनाको टुकडीले सलामी दिएको छ। सरकारले नेम्वाङको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने निर्णय गरेको थियो। संविधानसभाका अध्यक्ष नेम्वाङको सोमवार राति २ बजे निधन भएको थियो। नेम्वाङको निधनमा शोक मनाउन सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्