सुमित्रा तामाङको तीज गीत ‘दौतरी’ सार्वजनिक (भिडियो)

dautari teej song
लोकपाटी न्यूज
4 Shares

काठमाडौं। गायिका सुनिता बुढा क्षेत्रीको स्वर रहेको तीजको गीत ‘दौतरी’ बजारमा आएको छ। गायिका तथा मोडल सुमित्रा तामाङको अभिनय रहेको मौलिक तीज गीत ‘दौतरी’ तामाङकै युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो।

सुरज लामिछानेको शब्द, संगीत रहेको गीतको एरेन्ज बिनोद बाजुरेलीले गरेका हुन्। करण चैसिरको छायांकन, टेकेन्द्र भट्टको सम्पादन रहेको भिडियो प्रकाश भट्टले निर्देशन गरेका छन्।

गायिका सुमित्राले यसअघि चैतारीको वर, खिस्स मुस्कान, मलेखु माछा लगायतका गीतमा स्वर दिएकी छन्। उनले सम्झना विर्सना, बेसिमा गाँउ, यो जुनेली रात लगायत दर्जनौ गीतका भिडियोमा अभिनय गरेकी छन्।

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्