झापा। ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मेचीनगर नगरपालिका- ९ धुलाबारी बस्ने ४२ वर्षीय तिलक श्रेष्ठ रहेका छन्।
जबरजस्ती करणी गरेको उजुरी परेपछि प्रहरीले श्रेष्ठलाई बुधबार दिउँसो पक्राउ गरेको हो। श्रेष्ठले ती महिलालाई भदौ २३ गते दिउँसो बिर्तामोड नगरपालिका- ५ महानन्द चोकस्थित गेष्ट हाउसमा लगी जबरजस्ती करणी गरेको उजुरीमा उल्लेख छ।
प्रहरीले श्रेष्ठलाई पक्राउ गरी घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।