लिफ्ट चुँडिँदा चारको मृत्यु, पाँच जना गम्भीर घाइते

Lift
लोकपाटी न्यूज
29 Shares

एजेन्सी। ग्रेटर नोएडास्थित एउटा निर्माणाधीन आवासीय भवनको चुँडिँदा चार जनाको मृत्यु भएको छ भने पाँच जना गम्भीर घाइते भएका छन्।

ग्रेटर नोएडाका जिल्ला प्रमुख मनिष वर्माका अनुसार चार जनाको मृत्यु भएको छ भने गम्भीर घाइते भएका पाँच जनालाई नजिकको अस्पतालमा भर्ना गरिएको छ। दुर्घटना स्थल र अस्पतालमा प्रहरी परिचालन गरेर कानुनी कारबाही एवं उचित उपचार सुनिश्चित गरिएको छ। दुर्घटनाको विस्तृत विवरण प्राप्त हुन बाँकी छ।

भवन भित्र लिफ्ट जडान भइरहेका बेला त्यो एक्कासि चुँडिँदा उक्त दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको सुरक्षा अधिकारीहरूले बताएका छन्। यसअघि महाराष्ट्रको थानेमा भारी यन्त्रलगायत निर्माण सामग्री उठाउन प्रयोग हुने क्रेन भाँच्चिँदा १७ जना मजदुरको मृत्यु भएको थियो।

निर्माण स्थलमा सुरक्षाका उपाय नअपनाउँदा तथा कामदार एवं ठेकेदारले लापरबाही गर्दा देशमा दैनिक जसो यस्ता दुर्घटना हुने गरेका छन्। बितेका आठ महिनामा मुम्बई महानगरमा मात्र यस्तै प्रकृतिका २४ वटा दुर्घटनामा ५१ जनाले ज्यान गुमाएका थिए। अघिल्लो वर्ष सोही अवधिमा भएका १४ वटा दुर्घटनामा १९ जनाको ज्यान गएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्