सर्वोच्च अदालतको न्यायाधीशमा शर्माको नाम सर्वसम्मत अनुमोदन

Binod sharma
लोकपाटी न्यूज
4 Shares

काठमाडौं। संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा विनोद शर्माको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ। समितिको आज शुक्रबार बसेको बैठकले शर्माको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो।

नाम अनुमोदन हुनु अघि समितिमा आफ्ना भावी योजना प्रस्तुत गर्दै शर्माले सबैका लागि न्याय सुनिश्चित गर्न आफू लागिपर्ने बताए। शर्माले न्यायमा ढिलासुस्ती र खर्चिलोपन हुन नदिनका लागि आफूले सक्दो पहल गर्ने बताउनु पनि बताएका थिए।

उच्च अदालत पाटनका न्यायाधीश शर्मा हाल सर्वोच्च अदालतमा काजमा रहेका छन्। उनलाई न्यायपरिषद्को गत भदौ १० गते बसेको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो। संसदीय सुनुवाई समितिले अनुमोदन गरेपछि उनलाई राष्ट्रपतिले न्यायाधीशमा नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ।

अदालतले तर्जुमा गरेको रणनीतिक योजनामा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका बीचको सन्तुलन, नियन्त्रणको सिद्धान्तलाई नेपालको अदालतले अंगीकार गरिरहेको उल्लेख गर्दै उनले त्यसलाई अझै प्रभावकारी ढंगले अघि बढाउनुपर्ने समेत बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्