बाजुरामा अवैध घरेलु मदिरा नष्ट

लोकपाटी न्यूज
3 Shares
  • राजेन्द्र विक

बाजुरा। बाजुरामा अवैध घरेलु मदिरा नियन्त्रणका लागि प्रहरीले सक्रियता बढाएको छ। मदिराका कारण जिल्लामा झै-झगडाका घटनाहरू बढ्न थालेपछि अवैध घरेलु मदिरा नियन्त्रण गर्न सक्रियता बढाइएको प्रहरी कार्यालय बाजुराका प्रमुख कभिन्द्रसिंह बोहराले बताए।

जिल्ला प्रहरी कार्यालय बाजुराको टोलीले आज बिहान मात्र १ सय ८८ लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ। बडिमालिका नगरपालिका ९ गड्खेतमा लुकाइ छिपाई राखेको अवस्थामा चेकजाँचको क्रममा फेला पारेको घरेलु मदिरा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

ड्खेतका स्थानीय चक्र बडुवालको पसलमा चेकजाँच गर्दा १ सय ८५ लिटर घरेलु मदिरा, कच्चा पदार्थ पास र ३ लिटर अवैध मदिरासमेत बरामद गरी नष्ट गरिएको प्रहरी प्रमुख बोहराले बताए। जिल्लामा अवैध मदिरा नियन्त्रणमा प्रहरीको टोली गाउँ-गाउँ गई नष्ट गर्ने कार्यलाई तीव्रता दिइने प्रहरी कार्यालय बाजुराले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्