हाम्रो चलचित्र भवनबाट प्रदर्शक र निर्माताले बराबर पैसा पाउनेछन् : अभिनेता गिरी

dipakraj giri
लोकपाटी न्यूज
3 Shares

काठमाडौं। अभिनेता तथा निर्माता दीपकराज गिरीले आफ्ना लागि प्रदर्शक र निर्माता बराबर रहेको बताएका छन्। उनी अहिले अभिनेता तथा निर्मातासँगै प्रदर्शक पनि बनेका छन्। गिरीले साथीहरूसँगको सहकार्यमा एउटा चलचित्र भवन सञ्चालन गरेका हुन्।

शेयर बाँडफाँट, शेयर सङ्ख्यालगायत विषयमा निर्माताकोतर्फबाट सुनिने असन्तुष्टि आफूले कम गर्न प्रयास गर्ने अभिनेता गिरीले बताए। उनले भने, ‘हामी निर्माताले चलचत्रि भवनबाट प्राप्त गर्ने पैसा निर्माता र प्रदर्शकको बराबर होस्, ५०/५० प्रतिशत होस्, हाम्रो चलचित्र भवनबाट प्रदर्शक र निर्माताले बराबर पैसा पाउनेछन्।’

यो नियम नेपाली चलचित्रको हकमा लागू गरिने गिरीको भनाइ थियो। वितरक करण श्रेष्ठका अनुसार प्रदर्शनको पहिलो दुई सातासम्म ५०/५० प्रतिशत शेयर र त्यसपछि ३५ प्रतिशत निर्माता र ६५ प्रतिशत प्रदर्शकले पाउने गरेका छन्। यो रकममा लाग्ने विभिन्न खर्च कटाएर मात्र निर्माताले पैसा पाउने गरेका उनले जनाउँदै केही प्रदर्शकले ५० प्रतिशत नै दिने गरेको जानकारी दिए।

‘चलचित्रको व्यापार कम भएमा त्यसमा सम्झौताअनुसारको काटछाँट हुँदैन। केही चलचित्र भवनले ५० प्रतिशत नै शेयर उपलब्ध गराउँदै आइरहेका छन्,’ श्रेष्ठले भने, ‘नयाँ प्रदर्शकमार्फत हुने घोषणाले निर्मातालाई उत्साहित नै बनाउँछ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्