एशिया कपको उपाधिका लागि भारत र श्रीलंका भिड्दै

srilanka-india
लोकपाटी न्यूज
7 Shares

एजेन्सी। एसिया कप–२०२३ को फाइनल खेल आज आइतबार भारत र श्रीलंकाबीच हुँदैछ। कोलम्बोको आर प्रेमदासा स्टेडियममा नेपाली समय अनुसार खेल दिउँसो ३ः१५ बजे सुरु हुनेछ।

श्रीलंका लगातार दोस्रोपटक उपाधि जित्ने दाउमा छ। उसले गत संस्करणमा पाकिस्तानलाई हराउँदै उपाधि जितेको थियो। भारत आयोजक श्रीलंकालाई स्तब्ध पार्दै आठौँपटक एसिया कप उपाधि जित्ने रणनीतिमा छ।

भारतले जारी प्रतियोगिताको सुपर फोरको शीर्ष स्थानमा रहँदै फाइनलको यात्रा गरेको थियो। उसले सुपर फोरको तीनमध्ये दुईमा जित र एक खेलमा हारको सामना गर्यो।

भारतले पाकिस्तान र श्रीलंकालाई हराउँदै बंगलादेशसँग भने हार बेहोर्न पुग्यो। श्रीलंकाले पाकिस्तानविरुद्ध २ विकेटको रोमाञ्चक जित निकाल्दै फाइनलको टिकट सुरक्षित गरेको थियो। यसअघि खेलिएका ७ फाइनलमध्ये भारतले ४ फाइनल जितेको थियो भने ३ वटामा श्रीलंकाले सफलता हात पारेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्