लम्पी स्किन रोगबाट गोरु मर्‍यो

lampi-skin
फाइल तस्बिर
लोकपाटी न्यूज
1 Shares

निर्मल पौडेल

पर्वत। पशुहरूमा देखिएको लम्पी स्किन रोगका कारण पर्वतको कुस्मा नगरपालिका १० पिपलटारीमा एक गोरु मरेको छ। पिपलटारी सालघारीका कृषक उमादेवी पौडेलले पालेको गोरु लम्पी स्किन रोगको संक्रमणले मरेको हो।

एक महिनादेखि यहि रोगबाट पौडेलका गोठमा पालेका अन्य पशुहरूमा संक्रमण देखिएको थियो। ‘एक महिनासम्म उपचार गर्‍यौ। तर बचेन खर्च मात्र भो,’ किसान पौडेलले भनिन्। पिपलटारीका अधिकांश किसानहरू गोरुले नै खेतबारी जोत्ने गरेको सालघारीकै किसान बलराम पौडेलले बताए।

गाउँमा अरू किसानका पशुचौपायामा समेत लक्षण देखिएको तर केही निको भएको स्थानीय ऋषिराम पौडेलले जानकारी दिएका छन्। लम्पी स्किन रोगले पशुहरू मर्न थालेपछि स्थानीय चिन्तित बनेका छन्। पछिल्लो समय लम्पी स्किन रोग नियन्त्रण बाहिर छ।

हजारौं पशुचौपाया यहि रोगका कारणले मरेका छन्। पर्वतमा पनि यसको उत्तिकै प्रभाव र संक्रमण पशुचौपायमा देखिएको छ। पशुहरूमा देखिएको सरुवा रोग भएकाले विकराल रूप लिने संकेत देखिएको र सम्बन्धित निकायले तत्काल यो रोगको नियन्त्रणमा चासो दिनुपर्ने स्थानीयको माग रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्