काँग्रेसलाई गुटउपगुटबाट मुक्त गर्नुपर्नेमा जोड

लोकपाटी न्यूज
6 Shares

चितवन। नेपाली काँग्रेस चितवनले आज यहाँ आयोजना गरेको गणेशमान सिंह र समावेशी नेपालको परिकल्पना एवं संविधान दिवस, २०८० को सन्दर्भमा आयोजित विचार गोष्ठीमा बत्ताले काँग्रेसलाई गुटउपगुटबाट मुक्त गर्नुपर्नेमा जोड दिएका छन्।

देशले प्राप्त गरेको सबै उपलब्धिको नेतृत्वकर्ता काँग्रेस संगठित भएर अघि बढ्नु पर्नेमा उनीहरूको जोड थियो। कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य उमा रेग्मीले गुटउपगुट छाडेर काँग्रेसलाई संगठित बनाउनु पर्नेमा जोड दिइन्।

जिल्ला सभापति राजेश्वर खनालले संविधानको रक्षाका लागि काँग्रेस सधैँ एकजुट भएर लाग्नुपर्नेमा जोड दिए। कार्यक्रममा स्व. गणेशमान सिंहको जीवनीको बारेमा प्रकाश पार्दै डा ईश्वरी लौडारीले परिवर्तनका संवाहकका रुपमा सिंहलाई लिन सकिने बताइन्। सिंहले लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदानको पनि उनले चर्चा गरिन्।

पूर्व न्यायाधीश नन्दलाल महतोले समावेशिता नहुँदा आफूजस्ता २८ न्यायाधीशले बीचमै जागिर छोड्नु परेको उल्लेख गर्दै अब आफूले जस्तो अन्याय कसैले भोग्न नपर्ने बताए। सोही अवसरमा अधिवक्ता उद्धव लोहनीले वर्तमान संविधानले दिएको उपलब्धिका बारेमा चर्चा गरेका थिए। -रासस

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्