देउवालाई भेटेर शेखरले भने- ‘अहिलेको शैलीलाई सुधार गर्नुहोस्’

sekhar-deuwa
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई कार्यशैली सच्याउन आग्रह गरेका छन्। बुधबार सभापति देउवालाई भेटेका शेखरले अहिलेको शैलीलाई सुधार गर्न आग्रह गरेका हुन्।

मंगलबार आफू पक्षका पदाधिकारी र केन्द्रीय सदस्यहरूसँग छलफलको म्यान्डेट अनुसार कोइरालाले आज विहान देउवासँग कुरा गर्न उपसभापति धनराज गुरूङ र सह–महामन्त्री जीवन परियारलाई लिएर धुम्बाराही पुगेका थिए।

देउवासँगको भेटमा संस्थापनइतरका नेताहरुले कोशी प्रदेश, सरकारको प्रभावकारिता, सभापतिका निर्णय प्रक्रिया, संसदीय समितिको सभापति चयन, भ्रातृ संस्थाका पदाधिकारी तथा सदस्य चयनमा मनोमानी भएको बताएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्