एजेन्सी। चीनमा आँधीका कारण पाँच जनाको मृत्यु भएको छ। आँधीले चीनका अधिकांश शहरका घरहरुमा क्षति पुगेको छ। आँधीले पूर्वी चीनको जियाङ्सु प्रान्त बढी प्रभावित हुँदा जनजीवन अस्तब्यस्त बनेको छ।
आँधीमा परी चारजना गम्भीर घाइते भएका छन्। आँधीले अधिकांश घरका छाना उडाउनुका साथै सयौं सवारी साधनमा क्षति पुगेको छ। भारी बर्षासंगै आएको आँधीले सो प्रान्तका सयौं बिस्थापित भएका छन्।
आँधीले बालीनाली पनि प्रभावित भएको बताइएको छ। आँधी प्रभावितहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ। आँधीका कारण विद्यालय र कलेज बन्द गरिएकाो छ। भारी वर्षा केही दिन जारी रहने भन्दै सतर्क रहन अपिल गरिएको छ।