टीकापुर घटनाका सबै कैदी बन्दीहरु रिहा

tikapur-adalat
लोकपाटी न्यूज
5 Shares

कैलाली। कैलालीको टीकापुर घटनाका सबै कैदी बन्दीहरु रिहा भएका छन्। संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूको बाँकी कैद मिनाहा गरेपछि रिहा हुन बाँकी चारै जना आज रिहा भएका हुन्।

रिहा हुनेमा जानकी गाउँपालिका–७ मोतीपुरका हरिनारायण चौधरी, लट्कनियाका प्रदीप चौधरी र टीकापुर नगरपालिका–४ ठाह्रापुरका वीरबहादुर चौधरी रहेका छन्। यस्तै घटना भएको बेला नाबालक रहेका लट्कनियाकै श्रवणकुमार चौधरीलाई पनि रिहा गरिएको छ। तीन जना कैलाली जिल्ला कारागारबाट र एक जनालाई पोखराबाट रिहा गरिएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्