कञ्चनपुर। कञ्चनपुरको बेलौरी नगरपालिकास्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीमाथि हातपात गर्ने व्यक्ति पक्राउ परेका छन्।आक्रमणमा परेका अहेब नरेन्द्रप्रसाद गैरेको जाहेरी पछि प्रहरीले रामबहादुर खड्कालाई पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय बेलौरीले खड्कालाई पक्राउ गरिएको जानकारी दिएको छ। मंगलबार राति स्वास्थ्य केन्द्रको आकस्मिक कक्षमा बिरामीको उपचार गरिरहेका अहेब नरेन्द्रप्रसाद गैरेमाथि हातपात भएको थियो।
मंगलबार राति साढे ११ बजे ड्युटीमा रहेको अवस्थामा आफूमाथि कुटपिट भएको पीडित स्वास्थ्यकर्मी गैरेले बताए। कुटपिटबाट गैरेको आँखा, टाउको र घाँटीमा समस्या देखिएको छ। उनको थप उपचार धनगढीमा भइरहेको छ।