चन्द्र भण्डारीसहित ८ जना काँग्रेस केन्द्रीय सदस्यमा मनोनीत

SherBahadur_Deuba
लोकपाटी न्यूज
7 Shares

काठमाडौं। नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति सदस्यमा ८ जना मनोनीत भएका छन्। पार्टी सभापति शेरबहादुर देउवाले थप ८ जना नेताहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेका हुन्।

केन्द्रीय कार्यसमितिको बैठकअघि सभापति देउवाले प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारी र व्यवसायी अनिलकुमार रुंगटासहित ८ जनालाई केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनीत गरेका छन्। भण्डारी गत महाधिवेशनमा नेता शेखर कोइराला समूहबाट उपसभापतिको उम्मेदवार थिए।

देउवाले उपसभापतिकै अर्का प्रत्याशीहरू विजयकुमार गच्छदार र सुजाता कोइरालालगायतलाई महाधिवेशन लगत्तै केन्द्रीय सदस्य मनोनीत गरेपनि भण्डारीलाई भने गरेका थिएनन्। मुख्यसचिव कृष्णप्रसाद पौडेलले सभापति देउवाले विधानको धारा २१ को उपधारा १० बमोजिम नेताहरूलाई केन्द्रीय सदस्य पदमा मनोनीत गरेको जानकारी दिए।

उनकाअनुसार नेताहरू मानबहादुर विश्वकर्मा, अर्जुनप्रसाद जोशी, शिवप्रसाद हुमागाई, किरणराज शर्मा पौडेल, भरतकुमार शाह र शारदा पौडेल केन्द्रीय सदस्य मनोनीत भएका छन्। यससँगै काँग्रेस केन्द्रीय कार्यसमिति १६५ सदस्यीय बनेको छ। विधानअनुसार केन्द्रीय समिति १६७ सदस्यीय हुन्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्