अमेरिका। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेट भएको छ। संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्कमा रहेका प्रधानमन्त्री प्रचण्ड र जो बाइडेनबीच भेट भएको हो।
भेटमा नेपालको हितमा अमेरिकाले गर्न सक्ने सहयोगबारे कुराकानी भएको थियो। प्रधानमन्त्री प्रचण्डले अमेरिकी राष्ट्रपति बाइडेनलाई न्यानो स्वागत तथा आतिथ्यका लागि हार्दिक आभार तथा धन्यवाद पनि व्यक्त गरेका छन्। प्रधानमन्त्री दाहालले महासभामा आजै सम्बोधन गरेका थिए। उनी आज न्युयोर्कबाट चीन भ्रमणमा जानेछन्।