सरकारले शिक्षा विधेयकमाथिको असन्तुष्टिलाई सच्चाउँछ : गगन थापा

लोकपाटी न्यूज
5 Shares

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले विद्यालय शिक्षा सम्बन्धी विधेयकमा धेरै त्रुटी रहेकाले संसदबाट सच्चाउने बताएका छन्।

काठमाडौंको श्री नंदी माध्यामिक विद्यालयमा शुक्रबार कम्युटर ल्याबको उद्घाटन गर्दै थापाले विद्यालय शिक्षा सम्बन्धी विधेयक सरकारको प्रस्तावमात्रै भएकाले यसमा रहेका धेरै त्रुटीहरुलाई संसदबाट सच्चाउने प्रतिवद्धता जनाएका हुन्।

उनले संसद्लाई विश्वास गरेर शिक्षकहरूले आफ्नो आन्दोलन स्थगित गर्नुपर्ने र सरकारले पनि विधेयकमाथिको असन्तुष्टिलाई सच्चाउने प्रतिवद्धता गर्नुपर्ने जिकिर गरे।

सांसद थापाले शिक्षकहरूको आत्मसम्मान, मर्यादालाई ध्यान दिनुपर्ने र शिक्षकलाई आवश्यकता अनुसारको सुविधाको ग्यारेन्टी विधेयकमार्फत गर्नुपर्नेमा जोड दिए। उनले अहिलेको विधेयक कम्तीमा पनि २० वर्षका लागि हुने भएकाले हतार नगरी संशोधनका आधारमा अन्तिम टुङ्गो लगाउनुपर्ने बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्