राजेन्द्र विक/ बाजुरा, ५असोज। बाजुराको गौमुल गाउँपालिकाले विद्यालयल बन्द नगर्न निर्देशन दिएको छ। संघीय संसदमा दर्ता भएको विद्यालय शिक्षा सम्बन्धी कानुन शंसोधन र एकीकरण गर्न बनेको विधेक विद्यालय शिक्षा ऐन २०८० को सन्दर्भलाई लिएर शिक्षकहरु विद्यालय बन्द गरेर आन्दोलनमा केन्द्रीत हुनथालेपछि गाउँपालिकाले नियमित पठपाठन गर्न शिक्षकलाई निर्देशन दिएको हो।
शिक्षकहरुले विद्यार्थीको नियमित पठपाठनमा प्रत्यक्ष बाधा पर्ने गरी विद्यालय बन्द गर्नु राम्रो नभएको भन्दै गाउँपालिका भित्रका सबै विद्यालयलाई नियमित पठपाठन गर्न निर्देशन दिएको उपाध्यक्ष सीता थापाले बताइन्।
आज बिहिवार गाउँपालिकाले एक प्रेस विज्ञप्ती निकालेर शान्तिपूर्ण आन्दोलन गर्ने र आफ्ना मागहरु सम्बन्धीत निकायमा राख्न अधिकार सबैको भएकाले आफ्नो अधिकार खोज्दा अरुको अधिकारको हनहन भएको छ की छैन् भन्ने कुरा ख्याल गर्न आवश्यक रहेको विज्ञप्तीमा भनिएको छ।
विद्यालयमा अध्ययनरत बालबालिकाको शिक्षण सिकाई नियमित गरी शिकाई उपलब्धीमा सुधार ल्याउन शिक्षकको दायित्व हुनुपर्नेमा झन बालबालिकाको सिकाईमा अवरोध ल्याउने खालको वातावरण सिर्जन गर्नु अथवा विद्यालय बन्द नै गर्नु स्वीकार्य नहुने उपाध्यक्ष थापा द्वारा हस्ताक्षरित बिज्ञप्तिमा भनिएको छ।
गाउँपालिका अन्तर्गत संञ्चालित सम्पूर्ण सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायतलाई विद्यालय बन्द हुने दिन बाहेक विद्यालयमा नियमित पठपाठन गर्न गाउँपालिकाले विज्ञप्ती मार्फत भनेको छ। विद्यालय कर्मचारीहरुमा गरेको उक्त निर्देशनको अवज्ञा गरी कानुन विपरीत विद्यालयमा पठपाठन अवरोध गरेको पाईएमा गाउँपालिकाले प्रचलित कानुन बमोजिम कारवाही गर्ने चेतावनी समेत दिएको छ।