सुनसरीमा नक्कली नोटसहित एक पक्राउ

hatkadi-pakrau
लोकपाटी न्यूज
6 Shares

इटहरी। सुनसरीमा नक्कली नोटसहित एक जना पक्राउ परेका छन्। जिल्लाको इटहरी उपमहानगरपालिका ६ हटिया लाइनबाट १ हजार दरको १६ सय थान नक्कली नोटसहित संखुवासभा पाँचखपन नगरपालिका ५ खमारे बस्ने २५ वर्षीय बिवेक राईलाई प्रहरीले पक्राउ गरेको हो।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले उनलाई नक्कली नोटसहित पक्राउ गरेको हो। यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्