पश्चिम नवलपरासी। सुनवल प्रेस क्लब र विद्यालय व्यवस्थापन समिति महासंघ सुनवलबीच मैत्रीपूर्ण फुटसल खेल सम्पन्न भएको छ। सुनवल १२ भुमहीस्थित रामनगर एकेडेमीमा भएको मैत्रीपूर्ण फुट्सलमा विद्यालय व्यवस्थापन समिति महासंघले ६ गोल गरेको थियो भने सुनवल प्रेस क्लबले ५ गोल गरेको थियो।
विद्यालय व्यवस्थापन समिति महासंघबाट सूर्य न्यौपानेले २ गोल जित बहादुर पुनले २ गोल, शुब्बी कवरले १ गोल र दीपक रानाले १ गोल गरेका थिए। त्यस्तै सुनवल प्रेस क्लबबाट विकास अधिकारले सर्वाधिक ३ गोल, रमेश भुसालले १ र सुचिन न्यौपानेले १ गोल गरेका थिए।
मैत्रीपूर्ण फुट्सल प्रतियोगितामा लुम्बिनी प्रदेश सभा सदस्य खड्ग बस्नेतले एम्पायरलाई बल हस्तान्तरण गरेर उद्घाटन गरेका थिए।