लोसपाको केन्द्रीय समितिले पायो पूर्णता

losapa-pic
लोकपाटी न्यूज
3 Shares

काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले पदाधिकारीसहित केन्द्रीय समितिलाई पूर्णता दिएको छ। लोसपाको कार्यकारिणी समितिको बैठकले पदाधिकारीसहित तीन सय ११ सदस्यीय केन्द्रीय समिति गठन गरेको लोसपाका कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए।

उनका अनुसार लोसपाको विस्तारित केन्द्रीय समितिमा पार्टी अध्यक्ष महन्थ ठाकुरसहित ७० जना पदाधिकारी रहेका छन्। वरिष्ठ नेतामा नेतात्रय राजेन्द्र महतो, शरत्सिंह भण्डारी र अनिलकुमार झाले जिम्मेवारी पाएका छन्। पार्टीको वरिष्ठ सह अध्यक्षमा नेता सर्वेन्द्रनाथ शुक्लालाई जिम्मेवारी दिइएको छ।

यस्तै नेताहरू जितेन्द्र सोनल, उमाकान्त झा, लक्षणलाल कर्ण, अकवाल अहमद शाह निर्जला राउत गरी ६ जना वरिष्ठ उपाध्यक्ष र १५ उपाध्यक्ष रहेका छन्। महासचिवमा १६, सह महासचिव आठ, सचिव ११, कोषाध्यक्षमा दुई, प्रवक्ता र सहकोषाध्यक्ष एक-एक जना रहेका छन्। कोषाध्यक्षमा दुई जनालाई जिम्मेवारी दिइएको छ।