रास्वपाले बोलायो संसदीय र केन्द्रीय समितिको संयुक्त बैठक

raswopa-meeting
लोकपाटी न्यूज
8 Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठक बोलाएको छ। बैठक बुधबार अपराह्न चार बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी बोलाइएको हो।

बैठकको ठोस एजेन्डा भने तय भईनसकेको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए। तर, जिल्लामा परिचालित नेताहरूको रिपोर्टबारे छलफल हुने बुझिएको छ। जनताको आवाज सुन्न रास्वपाले ३ असोजदेखि ७ असोजसम्म १९ नेतालाई १९ जिल्लामा खटाएको थियो।

रास्वपा सभापति रवि लामिछाने रोल्पा खटिएका थिए। जनताबाट प्राप्त सुझावलाई पार्टीको राजनीतिक, वैचारिक दस्ताबेजमा समावेश गर्ने तयारी रहेको बताइएको छ। रास्वपाले पछिल्लो समय २०८४ लाई लक्षित गरी कार्यक्रम चलाइरहेको छ। त्यस्तै संविधान दिवसको दिन राष्ट्रपतिबाट दिइएको जेल सजाय छुटको बारेमा पनि रास्वपाको आजको बैठकमा छलफल हुने बुताइएको छ।

राष्ट्रपति पौडेलले संविधान दिवसको अवसरमा बाँकी जेल सजाय छुट दिएपछि ६७० जना जेलमुक्त भएका थिए। उक्त अवसरमा जन्मकैदको सजाय पाएका व्यक्तिले पनि उन्मुक्ति पाएका थिए। कानुन र संविधानको उपहास हुने गरी गम्भीर फौजदारी अभियोग लागेका व्यक्तिहरूले समेत आममाफी पाएकोमा रास्वपाको गम्भीर ध्यानाकर्षण भएको महामन्त्री मुकुल ढकालले बताएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्