सुनचाँदीको मूल्य घट्यो, तोलाको कति ?

Gold
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। नेपाली बजारमा आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ४ सय र चाँदी तोलामा ३० रुपैयाँले घटेको छ।

मंगलबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ११ हजार ८ सय, तेजावी सुनको मूल्य एक लाख ११ हजार २५० र चाँदीको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँ तोकिएको छ।

सोमबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख १२ हजार २ सय रुपैयाँमा सुन, एक लाख ११ हजार ६५० रुपैयाँमा तेजावी सुन र १ हजार ४३० रुपैयाँमा चाँदीको खरिद बिक्रि भएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्