दोस्रो चरणमा प्रवेश गर्‍यो माओवादीको विशेष रूपान्तरण अभियान

लोकपाटी न्यूज
8 Shares

काठमाडौं। नेकपा (माओवादी केन्द्र)ले नागरिकसँग प्रत्यक्ष संवाद गर्ने लक्ष्यका साथ सुरु गरेको जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत काठमाडौं-३० मा घरदैलो अभियान अन्तिम चरणमा पुगेको छ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य मनहरि तिमिल्सिनाको नेतृत्वमा भएको कार्यक्रममा माओवादी नेताहरू जनताको घरदैलोमा पुगेका थिए। पूर्वनिर्धारित कार्यक्रम अनुसार घरदैलो कार्यक्रम उत्साहका साथ सम्पन्न भएको माओवादी केन्द्रले जनाएको छ। घरदैलो कार्यक्रमका क्रममा प्राप्त सुझाव सल्लाहलाई आत्मसात् गर्दै आगामी कार्यक्रम सञ्चालन गर्ने र पार्टीलाई प्रतिवेदन बुझाउने तयारी रहेको बताइएको छ।

घरदैलो अभियान सम्पन्न भएसँगै अब काठमाडौं-३० मा संगठन बिस्तार र सुदृढीकरणका कार्यक्रम सञ्चालन गरिने केन्द्रीय सदस्य तिमिल्सिनाले जानकारी दिए। घरदैलो अभियानले पार्टीलाई गतिशील बनाउन उर्जा प्राप्त भएको उनले बताए। पार्टीको यो अभियानले माओवादी केन्द्रप्रति जनतामा विश्वास पैदा गरेको उनको भनाई थियो।