विकासमा राजनीतिक गर्न हुँदैन : पूर्णबहादुर खड्का

Purna_bahadur_khadka
लोकपाटी न्यूज
3 Shares

सुर्खेत। कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विकासमा राजनीतिक गर्न नहुने बताएका छन्। बुधबार बिहान प्रेस युनियन सुर्खेतले विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्।

उनले संविधान र ऐनले दिएको सुविधाअनुसार नै आममाफी दिएको बताए। उनले सुशासनको मार्गचित्र कोर्ने तयारीमा सरकार लागिरहेको समेत बताए। मन्त्री खड्काले कालोबजारीलाई नियन्त्रण गर्ने लगायतका विषयहरूमा अभियानका रूपमै सञ्चालन भइरहेको बताए।

सुर्खेत विमानस्थलको धावनमार्ग विस्तार कार्य अगाडि बढाउने प्रयास भइरहेको उनले बताए। अहिलेको विमानस्थललाई विस्तार गर्ने कुरामा विवाद गर्नुपर्ने कुनै कारण नरहेको उनको भनाई थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्