स्वास्थ्य संस्था अविच्छिन्न सञ्चालन गर्न मन्त्रालयको निर्देशन

health-ministar_
लोकपाटी न्यूज
3 Shares

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई स्वास्थ्योपचार सेवा सञ्चालन गर्न अनुरोध गरेको छ। सुरक्षाको माग गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मीले एप्रोनसहित सडकमा उत्रिएपछि मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई स्वास्थ्योपचार सेवा सञ्चालन गर्न अनुरोध गरेको हो।

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले आज सबै स्वास्थ्य संस्थालाई परिपत्र जारी गर्दै स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन २०७९) प्रभावकारी कार्यान्वयन गरी चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आक्रमण गर्नेलाई कारबाही गर्न सरकार पूर्ण प्रतिबद्ध रहेको जनाउँदै नागरिकको आधारभूत स्वास्थ्योपचार सेवा प्राप्त गर्नु नैसर्गिक अधिकार भएकाले स्वास्थ्य संस्था अविच्छिन्न सञ्चालन गर्न अनुरोध गरेका हुन्।

यस्तै आज माइतीघरदेखि बबरमहलसम्म चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै चिकित्सक एप्रोनसहित सडकमा उत्रिएका छन्। पछिल्लो समय हेटौँडा, बुटवल, लमजुङ, मणिपाल कलेज पोखरा, विराटनगर, बगौडा अस्पताल चितवन, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको नेपाल चिकित्सक संघले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्