चितवन। भरतपुर महानगरपालिका-१२ आस्था चोकस्थित चितवन कलेज अफ टेक्नोलोजी (सिसिटी)मा पहिलो पटक जब फेयर सम्पन्न भएको छ। आज कलेज परिसरमा विद्यार्थीको उत्साहजनक सहभागिता सहित सो जब फेयर सम्पन्न भएको हो। कलेजमा जबको लागि करिब दुई सय जनाले आवेदन दिएको कलेजले जनाएको छ।
कलेजका प्रिन्सिपल रवि तिवारीले कलेजमा सूचना प्रविधि अध्ययन गरेका विद्यार्थीलाई पढ्दै कमाउँदै गर्ने अवसर दिन उक्त जब फेयरको आयोजना गरिएको जानकारी दिए। विद्यार्थीले स्वदेशमै पढेर स्वदेशमै आकर्षक जागिर पाउन भन्ने हाम्रो उद्देश्य हो, तिवारीले भने, जसले गर्दा दक्ष जनशक्ति बाहिर नजाउन् र यहाँका कम्पनीले पनि दक्ष जनशक्तिको लागि बाहिर खोज्न नपरोस्।
जब फयरझमा १५ वटा आइटी कम्पनीको स्टलले आवेदन माग गरेका थिए। मेलामा टेकमाईन्ड नेटवर्क प्रालि, भायानेट, डायनामिक टेक्नोसफ्ट, एस्ट्रानिक्स, हर्टसन , बिहानिटेक, आस्ट्रीक, देवसाईन, ड्रीमटेक नेपाल प्रालि लगायतका कम्पनीले जबको लागि आवेदन माग गरेका हुन्। मेला अवधिभर कम्पनीले ’अन द स्पोट जब‘ दिनका लागि अन्तर्वार्ता र अनुभवी कागज लिएर जागिरको लागी छनौट गर्ने प्राचार्य तिवारीले बताए। मेलामा कलेजका बिसिए, बिआईम र बिएससिसिएसआईटी पढ्दै गरेका र पढाई सकेर बसेका विद्यार्थीलाई लक्षित गरिएको हो।
विद्यार्थीहरूलाई प्रयोगात्मक कक्षाहरूका साथै जबका लागि बाटो खोल्न पनि जब फेयर उपलब्धि मूलक रहेको उनको भनाई छ। कलेजले हरेक वर्ष जब फेयर लाई निरन्तरता दिने समेत बताएको छ। जब फेयरमा रोजगार दिने कम्पनीहरूले सफ्टवेयर निर्माण , डिजाइन, वेफसाईट डेभलभमेन्ट, फ्रन्ट अफिसर, मोबाई एप डिभलपमेन्ट लगायतका जबहरु माग गरिएको थियो।
त्रिभुवन विश्वविद्यालयमा सम्बन्धन प्राप्त सो कलेजमा हाल बिसिए, बिआईम र बिएससि सिएसआईटीका कक्षाहरू सञ्चालन भइरहेको छ। सिसिटीले विद्यार्थीहरूका लागि व्यवहारिक र प्रयोगात्मक ज्ञानलाई विशेष प्राथमिकता दिएका कारण पनि यस कलेजको लोकप्रियता बढ्दै गइरहेको छ। कुनै पनि विधामा १२ कक्षा पास भएका विद्यार्थीले यी शिक्षा अध्ययन गर्नका लागि अवसर पाउने छन्। उत्कृष्ट विद्यार्थीको लागि यस कलेजले योग्यताका आधारमा शत प्रतिशत सम्म छात्रवृत्ति दिने समेत व्यवस्था गरेको छ।