महाकवि देवकोटा क्याम्पसका भूतपूर्व विद्यार्थीद्वारा रक्तदान

लोकपाटी न्यूज
3 Shares

सुनवल। पश्चिम नवलपरासीको सुनवलस्थित महाकवि देवकोटा क्याम्पसका भूतपूर्व विद्यार्थीहरूले विश्व मुटु दिवसको अवसर पारेर रक्तदान गरेका छन्। रक्तदान कार्यक्रमबाट २५ पोइन्ट रगत संकलन भएको छ।

रक्तदान कार्यक्रमलाई लुम्बिनी प्रदेशसभा सदस्य खड्ग बस्नेतले उद्घाटन गरेका हुन्। सभासद् बस्नेतले रगत आफूलाई पनि चाहिने र अरूलाई पनि चाहिने भएकाले रक्तदान कार्यक्रम आफैमा महत्त्वपूर्ण भएको बताए। त्यस्तै संसद बस्नेतले ३/३ महिनामा रक्तदान गर्न सकिने र त्यसले कुनै असर नपार्ने भएकाले आगामी दिनहरूमा रक्तदानका कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्ने बताए।

महाकवि देवकोटा क्याम्पसका भूतपूर्व विद्यार्थी संगठनका प्रमुख जीवन पौडेलको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा सुनवल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरि, उद्योग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचार्य ,महाकवि देवकोटा क्याम्पसका अध्यक्ष कृष्ण लामिछाने रेडक्रस सोसाइटी सुनवल उपशाखाका अध्यक्ष गोपाल प्रसाद शर्मा लगायत देवकोटामा अध्ययनरत पूर्व विद्यार्थीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा स्वागत भूतपूर्व विद्यार्थी रोशन श्रेष्ठको रहेको थियो भने कार्यक्रम सञ्चालन भूतपूर्व विद्यार्थी जमुना थापाले गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्