एमाले बागमती प्रदेशको नेतृत्व चयनका लागि मतदान जारी

UML_Bagmati_Adhibesan pic
लोकपाटी न्यूज
8 Shares

काठमाडौं। नेकपा एमालेको बागमती प्रदेश अधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा इलेक्ट्रोनिक भोटिङ मेसिनबाट मतदान भइरहेको छ।

प्रदेश कमिटीको अध्यक्षका लागि कृष्ण दाहाल, कैलाश ढुंगेल, सानुकुमार श्रेष्ठ, केशव पाण्डे र केशरबहादुर बुढाथोकीको उम्मेदवारी परेकोमा तीन जनाले फिर्ता लिएपछि दाहाल र ढुंगेलबीच मात्रै प्रतिस्पर्धा भएको छ। त्यसैगरी सचिवमा हस्त पण्डित र नवराज सिलवाल उम्मेदवार रहेका छन्।