मौसम पूर्वानुमान : तीनचार दिन पानी पर्ने सम्भावना

mausam water
लोकपाटी न्यूज
9 Shares

काठमाडौं। अबका तीन–चार दिन देशका धेरै स्थानमा बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नेपालबाट मनसुन बाहिरिने मिति अक्टोबर २ रहे पनि औसत भन्दा ढिला गरी बाहिरिने हुँदा आगामी तीनचार दिन बदली र वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो।

महाशाखाका अनुसार हाल बंगालको खाडीको उत्तर–पश्चिम भागमा विकास भैरहेको न्यून चापीय क्षेत्र उत्तर–पश्चिम दिशातर्फ सर्ने सम्भावना देखिएको छ।

सले आगामी ३/४ दिनसम्म देशका धेरै स्थानहरूमा आंशिकदेखि सामान्य बदली भई केही स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही कोशी, मधेश र बागमती प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्यासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्