काठमाडौं। चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्किएका छन्। प्रधानमन्त्री प्रचण्ड र उनको भ्रमण दलका सदस्यहरू आज छन्दुबाट काठमाडौँ फर्किएका हुन्।
६ असोजमा हान्झाउमा चिनियाँ राष्ट्रपति सी जिनफिङलाई भेटेका उनले भोलिपल्ट समकक्षी ली छ्याङसँग भेटवार्ता गरेका थिए।द्विपक्षीय भेटवार्तापछि विभिन्न सहमति र सम्झौतामा हस्ताक्षर भएको थियो।
उनी अमेरिकाबाट सिधै चीन पुगेका थिए। त्रिभुवन विमानस्थलमा प्रधानमन्त्रीलाई सरकारका मन्त्री र उच्च पदस्थ कर्मचारीहरूले स्वागत गरेका छन्।