सुनवलमा शनिबार पनि विद्यालय सञ्चालन

school_girl
लोकपाटी न्यूज
7 Shares
  • रमेश भुसाल

सुनवल। पश्चिम नवलपरासीको सुनवल नगरपालिकाभित्रका विद्यालयहरूले शनिबार पनि पठनपाठन सञ्चालन गरेका छन्। विद्यालय विधेयकको विरोध भएको आन्दोलनको क्रममा विद्यार्थीको पठनपाठन प्रभावित भएको अवस्थालाई मध्यनजर गर्दै शनिबार पनि पालिकाभित्रका सबै विद्यालय सञ्चालन गरिएको हो।

सुनवल नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालयका प्रअहरूको बैठकद्वारा दुई दिन अवरुद्ध भएको पठनपाठन १३ गते र २७ गते सञ्चालन गर्ने निर्णय गरेको महाकवि देवकोटा नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक खेमलाल जोशी शर्माले बताए। यता विद्यालय व्यवस्थापन समिति महासंघले शनिबार भएको पठनपाठनलाई सकारात्मक लिएको छ।

शिक्षकहरू आन्दोलित हुँदा बन्द भएको पठनपाठन विभिन्न विकल्पद्वारा शोधभर्ना गर्ने भनी गरिएको प्रतिबद्धता अनुरूप पठनपाठन सञ्चालन हुनु सकारात्मक भएको विद्यालय व्यवस्थापन समिति महासंघ सुनवलका अध्यक्ष सूर्य न्यौपानेले बताए। शनिबार विद्यालयहरू सञ्चालन हुँदा विद्यार्थीहरूको उपस्थिति भने न्यून रहेको छ.

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्