केएमसी अस्पतालका डा.खड्कामाथि कुटपिट

kmc hospital
लोकपाटी न्यूज
4 Shares

काठमाडौं। काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालका एकजना डाक्टरमाथि कुटपिट भएको छ। आइतबार दिउँसो केएमसी अस्पतालमा कार्यरत डा. मनिष खड्कामाथि कुटपिट भएको हो।

उनीमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए।
पक्राउ पर्नेमा गुल्मी घर भई काठमाडौंको चाबहिल बस्ने २२ वर्षीय रूपक गौतम र सिनामंगल बस्ने ३४ वर्षीय सरोज गौतम छन्।

डा.खड्कामाथि कुटपिट गरेपछि अस्पतालमा काम गर्ने सबै डाक्टरहरु आन्दोलनमा उत्रिएका छन्। अस्पतालका अनुसार मिर्गौला रोगको परीक्षणका लागि ओपीडीमा आएका बिरामीलाई डा. खड्काले हल्ला नगरी लाइनमा बस्न आग्रह गर्दा उनीमाथि कुटपिट भएको हो।

ओपिडीमा भीड भएपछि डा. खड्काले ती विरामीलाई उनलाई लाइनमा बस्न भनेका थिए। त्यसपछि बिरामीका आफन्तले डा.खड्कामाथि कुटपिट गरेका हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्