चितवन। भरतपुर महानगरपालिका वडा नम्बर३ अन्तर्गत सहिदचोक बेलचोक सडकखण्डको विरुवा उखाल्ने महिला पक्राउ परेकी छन्। पक्राउ पर्ने महिला वर्ष २८ की खुस्बी रौनियार रहेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी विजयराज पण्डितले जानकारी दिए।
सोमबार दिउँसो ३ बजे पक्राउ परेकी महिलालाई प्रचलित कानुनअनुसार कारबाही गरिने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। सोमबार राती सवा २ बजे आफ्नै पसल अगाडि रहेको विरुवा उखालेर फालेको सिटी टिभी फुटेजमा देख्न सकिन्छ।
घर अगाडि रुख ठूलो भई असर पार्ने भन्दै विरुवा उखालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। गत शुक्रबार भरतपुर महानगरपालिकाले वृक्षरोपण महाअभियान अन्तर्गत यो सडकमा विरुवा रोपिएको थियो।