काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। महासङ्घले आज छापावाल सुन प्रतितोला १ लाख ६ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ।
हिजो छापावाल सुन प्रतितोला १ लाख ७ हजार ९०० र तेजाबी सुन १ लाख ७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज चाँदीको मूल्यमा पनि उच्च अङ्कको गिरावट आएको छ। आज तोलामा ३० रुपैयाँले घटेर चाँदी प्रतितोला १३ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।