धनगढीमा मंसिर २५ बाट सुरुहुँदै जुनियर कप क्रिकेट

junior_cup
लोकपाटी न्यूज
3 Shares

धनगढी। धनगढीमा स्टेपिङ स्टोन इंग्लिस स्कुल जुनियर कप क्रिकेट प्रतियोगिता हुने भएको छ। धनगढी क्रिकेट एकेडेमी (डीसिए) को आयोजनामा आगामी मंसिर २५ गतेबाट उक्त क्रिकेट प्रतियोगिता सुरु हुँदैछ।

१० कक्षासम्मका विद्यार्थीहरूले भाग लिने उक्त प्रतियोगिता धनगढीको फाप्ला क्रिकेट मैदानमा हुनेछ। प्रतियोगितामा धनगढीका १६ वटा स्कुलहरूको सहभागिता जनाउनेछन्। प्रतियोगितालाई धनगढीको स्थापित स्टेपिङ स्टोन इंग्लिस स्कुलले मुख्य प्रायोजन गरेको छ।

स्कुलका संस्थापक तथा प्राचार्य राम जी हमाल र डिसिएका प्रबन्धक समुयल न्यौपानले मंगलबार एक कार्यक्रमबीच मुख्य प्रायोजक सम्झौतामा हस्ताक्षर गरे। सम्झौता पश्चात् प्राचार्य हमालले सुदूरपश्चिम क्रिकेटको उर्वर भूमि रहेकाले यहाँका बालबालिकाहरूमा ग्रास रुट लेभलको क्रिकेट विकासका लागि आफूहरूले सहकार्य गरेको बताए ।

यस्तै प्रबन्धक न्यौपानेले मुख्य प्रायोजक गरेकोमा स्कुललाई धन्यवाद दिँदै उक्त प्रतियोगिताले नयाँ खेलाडी निकाल्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। प्रतियोगिताको विजेताले ३० हजार नगद पुरस्कार पाउनेछ।

यस्तै उपविजेताले १५ हजार तथा म्यान अफ द म्याच तथा सर्वोत्कृष्ट खेलाडीका लागि पनि पुरस्कारको व्यवस्था गरिएको डिसिएले जनाएको छ। लिग कम नकआउट आधारमा हुने प्रतियोगिताको इभेन्ट म्यानेजरमा शुभम् पनेरु तथा कार्यक्रम संयोजक सन्दीप भट्ट छन्।