माओवादीको ३ महिने अभियान : श्रमदानबाट बाटो तथा सिँढी निर्माण

abhiyan_lalaitpur-mawobadhi
लोकपाटी न्यूज
15 Shares

ललितपुर। जन–जनमा माओवादी घर–घरमा माओवादी भन्ने मूल नारा लिएर जनतासँग माओवादी विशेष रूपान्तरण अभियान चलाएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को ३ महिने अभियान अन्तर्गत ललितपुरको कोन्ज्योसोम गाउँपालिकाका ५ वटै वडामा विभिन्न सामाजिक कामहरू भएका छन्।

अभियानमा खटिएका माओवादी केन्द्रका नेता कार्यकर्ताले कोन्ज्योसोम गाउँपालिका वडा १ चौधरेमा जनश्रमदानबाट बाटो निर्माण तथा बाटोमा सिँढी निर्माणको काम सम्पन्न गरेका छन्। चौघरेको तोङ्वा टोलमा बाटोमा सिँढी निर्माण र सिरु डाँडामा गोरेटो बाटो निर्माण कार्य सम्पन्न भएको हो।

अभियानमा पार्टीको वडा कमिटी अध्यक्ष कान्छालाल लामा, वडा कमिटीको इन्चार्ज तथा वडा अध्यक्ष सन्तलाल लामा, वडा सदस्य आइते लाल तोङ्वा, पार्टीको पालिका अनेमसंघ क्रान्तिकारी अध्यक्ष डोल्मा लामा, पालिका कमिटीको वाइसीएल संयोजक रिता लामा तथा पार्टीको सदस्यहरूको सहभागितामा जनश्रमदानबाट बाटो निर्माण भएको छ।

जनतासँग जनताले प्रत्यक्ष महसुस र अनुभव गर्न सक्ने काम गर्दा जनता र पार्टीको सम्बन्ध थप विस्तार हुने र जनताको माग, समस्या तथा आशा अपेक्षा थाहा हुने र त्यसैअनुसार योजना बनाएर जनताको समस्या समाधान गर्न सकिने, पार्टी र जनताबिच थप सम्बन्ध सुधार गर्दै विश्वसनीयता हासिल गर्न सकिने भएकाले यस्ता कार्यहरू निरन्तर भइरहनुपर्छ भन्दै माओवादी केन्द्र कोन्ज्योसोम गाउँपालिका कमिटी अध्यक्ष महेश लामाले अन्य वडामा पनि विभिन्न रचनात्मक कामहरू भइरहेको र थप योजना निर्माण गरेर अघि बढ्ने जानकारी दिए। ओवादी केन्द्रकी स्थायी कमिटी सदस्य तथा पुर्वसभामुख ओनसरी घर्ती मगरले कोन्ज्योसोम गाउँपालिकाको अभियानको कमान्डरको जिम्मेवारी लिएकी छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्